Vetran Singer & Musician of Nepal- Mr. Surya Thulung
Vetran Singer & Musician of Nepal- Mr. Surya Thulung

काठमाडौ। नेपाली सुगम संगीतमा विगत ४५ बर्षदेखि अनवरत लाग्दैआएका गायक एवं संगीतकार सूर्य थुलुङ्ग नेपाली संगीतको धरोहर नै सावित बनिसकेका छन्। ५७ बर्षको उमेरमा पनि तन्नेरी जोश कायमै रहेका थुलुङ्गको व्यस्तता अझै बढेको छ।

Vetran Singer Surya Thulung Music Compition judjing with Vetran Singer Lochan Bhattarai in Jhapa Nepal.
Vetran Singer Surya Thulung Music Compition judjing with Vetran Singer Lochan Bhattarai in Jhapa Nepal.

हिजोआज गीत गायन तथा संगीत दिनुको अलावा विभिन्न सांगीतिक कार्यक्रमका जज बन्दैमा थुलुङ्गलाई फुर्सद हुन छाडेको छ। कहिले काठमाडौ त कहिले पोखरा, कहिले झापा त कहिले इलाम लगायतका प्रोग्रामहरुमा जजिङ्ग गर्दैमा बेतोडले समय गुज्रिरहेको थुलुङ्गको भनाई रहेको छ। यो बर्षमात्र आधा दर्जन प्रतियोगितामा थुलुङ्गले जजिङ्ग गर्ने कार्य गरिसकेका छन्।

Surya Thulung judging 2

निश्पक्ष तथा सही जजिङ्ग गर्ने थुलुङ्ग सवैका प्रिय बन्दैआएका छन्। यसैक्रममा केही दिनअघि मात्र नीजि तथा आवासिय विद्यालय संगठन प्याब्सन झापाको आयोजनामा गीत–संगीत तथा नृत्य प्रतियोगितामा जज बनेर झापामा प्रशंशित बनेका छन्। २६ औं प्याब्सन दिवसको अवसरमा आयोजित कार्यक्रममा झापा जिल्लाका २ सय ७३ स्कुलले भाग लिएको थियो।

Surya Thulung judging 3जसमध्ये जुनियर तथा सिनियर विद्यार्थी समूह वीच अलग–अलग प्रतियोगिता भएको थियो। जसमा जजिङ्ग गर्ने कार्यमा थुलुङ्गलाई बरिष्ठ गायिका लोचन भट्टराईले सहयोग गरेका थिए। जुनियरतर्फ गायन प्रतियोगितामा काबेली स्कुल, दिव्यरत्न इंगलिस स्कुल, चेतना स्कुल क्रमशः प्रथम, व्दितीय र तृतिय बनेका छन्। सिनियर गायन प्रतियोगितामा रोजियर इंगलिस स्कुल, निहारिका स्कुल र नर्थप्वाइन्ट स्कुल प्रथम, व्दितीय र तृतिय बन्न सफल भएको छ।

Dance Compition awarded by Gold Medalist Dancer Mr. Swojan Raghubanshi in Jhapa, Nepal.
Dance Compition awarded by Gold Medalist Dancer Mr. Swojan Raghubanshi in Jhapa, Nepal.

साथमा नृत्य प्रतियोगिता पनि भएको थियो। जसमा डान्सका गोल्ड मेडलिष्ट डान्स डाइरेक्टर स्वजन रघुबंशी र कृपा बज्राचार्यको निर्णायक मण्डलले निर्णय गरेका थिए। नृत्यमा जुनियरतर्फ हिमाली स्कुल, मदरल्याण्ड स्कुल र देवकोटा स्कुल विजयी बनेको थियो। सिनियरतर्फ प्रशान्ति स्कुल, हिमाली स्कुल र एभरेष्ट स्कुल उत्कृष्ट बन्यो।
प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।