काठमाडौं। विश्वविख्यात नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको गायन रहेको कालजयी गीत सार्वजनिक भएको छ। गायक नागेन्द्र श्रेष्ठको आफ्नै युट्युब च्यानलवाट सार्वजनिक भएको हो।

आजभन्दा १२ बर्षअघि नेपाल टेलिभिजनवाट रिलिज भएको “आवाज संग शव्द छैन् कसोगरी पोखु म जीवनसंग चाल छैन्– कसो गरी भोगु म” बोलको अत्यन्त कर्णप्रिय युगिन गीतको भिडियो नागेन्द्र श्रेष्ठ युट्युब च्यानलवाट विश्वव्यापी रिलिज भएको हो।

रामकृष्ण बान्तवाको शव्द–रचना तथा गायक श्रेष्ठकै संगीत रहेको गीतमा निक्कै नै मार्मिकता तथा यथार्थता रहेको छ। त्यसमाथि, “सधैभरि गोला बारुद्ध–कस्तो लाग्यो दिन रातभरि कुरा खेल्छन आउदैन निद संगीत विना रोइरह्यो वताससंग गीत” यो लाइनले धेरैको मन छुने गरेको छ।

गीतको भिडियोमा तत्कालिन नेपाली चलचित्रका ख्यातिप्राप्त नायिका अरुणिमा लम्साल तथा मोडल राजको स्वभाविक अभिनय रहेको छ। निर्देशन मेधावी निर्देशक आलोक नेम्वाङले गरेका हुन्।

प्रकाशन मिति–२०७८ साल असार १७ गते विहीवार ।