काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बढी नबोल्न चेतावनी दिइएतापनि २९५ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलवार साँझ विज्ञप्ति मार्फत शुभकामना सन्देशमा बोलेका छन्।

Gyanendra Shah

ज्ञानेन्द्र शाहले आफूले नेपालको राजगद्दी त्यागेको एक दशक नवित्दै नेपाल नरहने अवस्थामा पुगेको भन्दै अत्यन्त चिन्ता व्यक्त गरेका छन्। शाहले चार बर्ण छत्तिस जातको साझा फूलवारीको रुपमा रहेको नेपालका शान्तिप्रिय नेपाली जनतावीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरुलाई दुर्वल बनाउने कार्य भैरहेको भन्दै दलहरुप्रति असन्तुष्टि पोखेका छन्।

भौगोलिक एवं क्षेत्रिय अखण्डामाथि प्रहार गर्ने कार्यमा जो–जसले विषारोपण गरेको भएतापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेको शाहले भनेका छन्। शाहले शुभकामना सन्देशमा नेपाल कसैको क्रिडास्थल बन्न नहुने र हुन दिन हुंदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरुले एकतावद्ध भएर सदभाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने धारणा रहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस ६ गते दलहरुमाथि कटाक्ष गर्दै कडा विज्ञप्ति जारी गरेर बोलेपछि मुख बन्द गर्न शाहलाई चेतावनी दिएका थिए। त्यस चेतावनीलाई बेवास्ता गरेर शाह नेपालको एकिरण गर्न उल्लेखनिय भूमिका खेलेका बडामहाराज पृथ्वीनारायण शाहको जयन्ती अवसरमा फेरि कडा बोलेर चर्चामा आएका छन्।
प्रकाशन मिति–२०७३ साल पुस २६ गते मंगलवार ।