Mohana Baidhyaकाठमाडौ। नेकपा (क्रान्तिकारी माओवादी)ले नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको जनाएको छ।

सो पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि शनिवार जारी गरिएको विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ। अध्यक्ष मोहन वैद्यले जारी  विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ।

बैठकले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारबाट माफी माग्नुपर्ने उल्लेख गरेको छ।

प्रकाशन मिति–२०७३ साल फागुन २९ गते आइतवार ।