ललितपुर। नेपाल मानव अधिकार संगठन ललितपुर शाखाले जिल्ला कमिटी सदस्यता वितरण गरेको छ। नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य एवम् ललितपुर जिल्ला सभापति कृष्णहरि अर्यालले जिल्ला कमिटी सदस्यता वितरण गरेका हुन।

नेपाल मानव अधिकार संगठन ललितपुर जिल्ला शाखाको जिल्ला कमिटी सदस्यता पाउनेहरुमा शिवहरि खनाल, श्याम स्मृत, राधा महर्जन, कला गुरुङ, देवराम तमाटा, प्रेम लिम्बु र यमुना महर्जन छन्।

सदस्यता प्रमाण–पत्र वितरण समारोहमा नेपाल मानव अधिकार संगठन ललितपुर जिल्ला सभापति अर्यालले विभिन्न क्षेत्रमा दक्षता तथा ख्यातिप्राप्त व्यक्ति विशेषहरुलाई सदस्यता प्रदान गर्न पाउंदा अत्यन्त गौरबता लागेको र मानव अधिकारको क्षेत्रलाई फराकिलो वनाउन अझ बढी सफलता पाउने विश्वास व्यक्त गरेका छन्।

 

धार्मिक तथा सामाजिक अभियन्ता र मानवअधिकारकर्मी नारायण लिंखा देवानको विशेष आतिथ्यतामा सदस्यता वितरण कार्यक्रम भएको थियो। मानवअधिकारकर्मी देवानले नवआगन्तुक जिल्ला सदस्यता पाउने मानवअधिकारकर्मीहरुलाई खादा अर्पण गरेर स्वागत गरेका थिए।

जिल्ला सदस्यता पाउनेहरुले नेपाल मानव अधिकार संगठनको लक्ष्य तथा उदेश्य एवम् विधान अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

 


प्रकाशन मिति–२०७७ साल फागुन १८ गते मंगलवार ।