Pushkar Lal Shrestha Elected Midia Socity 2काठमाडौ। नेपाल मिडिया सोसाइटीको विहीवार संपन्न निर्वाचनबाट अध्यक्षमा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ निर्वाचित बनेका छन्। १५ बर्षअगाडि श्रेष्ठकै अगुवाई तथा अध्यक्षतामा स्थापित सोसाइटीको संपन्न चुनावमा श्रेष्ठले खसेको १८ मतमा १३ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित बनेको सोसाइटीले जनाएको छ।

Pushkar Lal Shrestha Elected Midia Socity 1

मिडिया सोसाइटीको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठको प्रतिव्दन्दी भाष्करराज कर्णिकारले ४ मत मात्र प्राप्त गरेको बताइएको छ भने, एक मत बदर भएको थियो। सोसाइटीमा निर्वाचित बनेपछि १५ बर्षअगाडि स्थापित नेपाल मिडिया सोसाइटीमा निश्पक्ष रुपमा भएको चुनावबाट आफू निर्वाचित भएकोमा खुशी प्रकट गर्दै निर्वाचित अध्यक्ष बरिष्ठ पत्रकार श्रेष्ठले पत्रकारिता जीवनको थप नयाँ चुनौतिको रुपमा यसलाई लिएको र मिडिया क्षेत्रमा विद्यमान समस्याको निराकरण गर्नमा आफूले अहोरात्र योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

Pushkar Lal Shrestha Elected Midia Socity 3

नेपाली व्यावसायिक पत्रकारिताको धरोहर कामना न्यूज पब्लिकेशनको अध्यक्ष तथा प्रधानसम्पादक श्रेष्ठको काँधमा फेरि आएको सोसाइटीको जिम्मेवारीले सोसाइटीमा ऊर्जा थपिएको सोसाइटीमा आवद्ध संचारकर्मीहरुले बताएका छन्। श्रेष्ठसंगै उपाध्यक्षमा उज्ज्वल शर्मा, महासचिवमा शुभशंकर कँडेल, सचिवमा मदन लम्साल र कोषाध्यक्षमा शिशीर भट्ट निर्वाचित बनेका छन्।

प्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।