Mr. Himalaya 2काठमाडौ। काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिट्नेसमा पुरुष फिट्नेस र महिला एथलेटिक फिजिक प्रतियोगिता सम्पन्न भएको छ।

Mr. Himalaya 4

उक्त प्रतियोगीतामा रिभर फिल्ड फिट्नेस, चमतीका अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्.। उनले पुरुष ७५ केजीमा पहिलो बनेका हुन्। महिला एथलेटिक फिजिकको खुला उचाई समूहमा भने, डिभाइनकी जुनु श्रेष्ठले स्वर्ण, कम्प्लिटकी आरती काफ्लेले रजत तथा ठमेल फिजिकल फिट्नेसकी रजनी थापा मगरले कांस्य जितेकी छन्।

Mr. Himalaya 1

पुरुष फिट्नेस र महिला एथलेटिक फिजिकमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार दिएको छ। विजेतालाई सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, आयोजक शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषको ८ स्पर्धामा ८९ र महिलाको १ स्पर्धामा ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

Mr. Himalaya 3प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।