Ecan Help in Jhapa 1काठमाडौ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग गरेको छ। मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाबिसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो। चामल, नुन, चिनी र दाल गरेर ४ लाख बराबरको सामाग्री इक्यान मार्फत पीडितलाई वितरण गरिएको पाठामारी गाबिस सचिब बाबुराम पोखरेलले बताएका छन्।

Ecan Help in Jhapa 3पोखरेलका अनुसार उक्त गाबिसमा करिब ११ सय परिवार बाढी पिढित छन। इक्यानमार्फत भने गाबिसका एक, दुई, तीन वडाका ४ सय पीडित परिवारलाई सामाग्री बितरण गरिएको थियो। बिभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, प्रहरी प्रशासनको उपस्थितीमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले राहत वितरण गरेका थिए।

Ecan Help in Jhapa 2अध्यक्ष पाण्डेले आफू आवद्ध संस्थाले केही बाढी पीडित नेपालीलाई थोरैभएपनि राहत प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे। अझ मुस्लिम समुदायमा राहत सामाग्री बितरण गरेर एउटा राम्रो सन्देस दिन सकेको पाण्डेको भनाइ थियो। इक्यानको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता गतिबिधी गर्दैआईरहेको छ। समाजमा सकरात्मक काम गर्न इक्यान सदैब तत्पर रहने इक्यान सचिब तथा सिएसआर बिभाग प्रमुख देवीदास भट्टराई ले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल साउन ३१ गते सोमवार ।