काठमाडौ। देशभित्र भईरहेको रगत र रक्ततत्वहरूको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न आह्वान गरिएको छ।

सोही आव्हान बमोजिम रक्तदान कार्यक्रमलाई सार्थक तुल्याउन शनिवार एभरेस्ट ग्रुपद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत अन्तर्कृया पश्चात रक्तदान कार्यक्रमको आयोजना गरियो।

Mr.Prem Sagar Karmacharya-Recorded Blood Donar of Nepal.

सोही कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई उक्त ग्रुपका पूर्वअध्यक्ष देवीराज श्रेष्ठद्वारा खदा ओडाई, सदस्य गंगा तामाङबाट DXN लोगो अँकित कप उपहार दिनुका साथै एभरेस्ट ग्रुपका बर्तमान अध्यक्ष बिजय बुढामगरले ताम्रपत्रको मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो।

उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरेर जम्मा ९५ जनाले स्वयंसेवी तवरले रक्तदान गरेको आयोजकले भनेको छ। कर्यक्रमको संयोजन पुकार छन्त्यालले गरेका थिए भने, कार्यक्रमको सञ्चालन कृष्ण घिमिरेले गरेका हुन्।


प्रकाशन मिति–२०७४ साल पुष १६ गते आइतवार ।