ललितपुर। नेवाःपत्रकार राष्ट्रिय दबू तथा गोल्डेन डाइमण्ड ज्वेलरी वीच पत्रकारिता क्षेत्रको विकासको लागि कसिल्लो संझौता भएको छ। आइतवार पुलचोकमा पत्रकारहरुमाझ संझौता कार्यक्रम भएको हो।

यस संझौतावाट गोल्डेन डाइमण्ड ज्वेलरीको तर्फवाट नेवाःपत्रकार राष्ट्रिय दबू मार्फत पत्रकारहरुको बृति विकास कार्यमा सहयोग हुने भएको छ। संझौतामा ज्वेलरीको तर्फवाट सुनिता शाक्य तथा नेवाः पत्रकार राष्ट्रिय दबूका तर्फवाट अध्यक्ष श्रीकृष्ण महर्जनले हस्ताक्षर गरेका थिए।

संझौता कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार तथा राससका प्रधान सम्पादक राजु शाक्य, अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव सुनिल महर्जन, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, राजेश बज्राचार्य लगायतले कार्यक्रमको उपलव्धी र आवश्यकताका बारेमा प्रकाश पारेका थिए। उनीहरुले संझौताले पत्रकारिता क्षेत्रको थप विकास हुने दावी समेत गरेका छन्।

सोही कार्यक्रममा नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा पहिलो पल्ट बृहत रुपमा यही पुष २२ गते शनिवार पाटन दरबार स्क्वायरमा मिडिया फेस्टिभल गरिने जानकारी दिइएको छ।

व्यावसायिक पत्रकारिताको आधार समावेशी पत्रकारिता  फेस्टिभलको नारा तय गरिएको छ। त्यसको लागि संपूर्ण तयारीको होमवर्कका लागि पुलचौकमा मिडिया डेस्कको पनि स्थापना गरिएको छ।


प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।