ललितपुर । नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशनले बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ। सभाले राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो।

निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन्। त्यस्तै महासचिवमा आभास राजोपाध्याय चुनिएका छन् भने सचिव पदमा रोहन श्रेष्ठ छन्। कोषाध्यक्षमा सुनिता श्रेष्ठ पनि सर्वसम्मत बनेकी छन् ।

६ जना सदस्यमा रुपेन्द्रकुमार श्रेष्ठ, राजन शाही, राकेश प्रधानाङ्ग, बिशाल राजभण्डारी, कृष्णशोभा महर्जन र रोजिना सुवाल रहेका छन्। नवनिर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले खादा ओढाएर सम्मान दिएका थिएभने, वरिष्ठ कलाकार राजेन्द्रमान शाक्यले प्रमाण पत्र प्रदान गरे। वरिष्ठ कलाकार शाक्यले सोसाईटीको निर्वाचन समिति संयोजकको रुपमा अधिवेशनको निर्वाचन प्रकृया सम्पन्न गरेका थिए ।

निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले नेवाः चलचत्रिकर्मीको साथमा नेवाः चलचित्र क्षेत्रको समस्या, आवश्यकताको सम्वोधनका लागि राज्य तहमा सम्वादलाई अगाडि बढाउने भनेका छन्। सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई एक ढिक्का बनाउँदै आदिवासी जनजाति चलचित्रकर्मीको पनि साथ लिएर मातृभाषी चलचित्र क्षेत्रको बृहत्तर विकासमा सोसाईटीलाई सक्रिय बनाउने नवनिर्वाचित अध्यक्ष राजोपाध्यायको भनाई थियो ।

प्रकाशन मिति–२०७८ साल असोज ४ गते सोमवार ।