Nepalese Vetran Actress Karishma Manandhar with her School friends.
Nepalese Vetran Actress Karishma Manandhar with her School friends.

काठमाडौ। पढ्नका लागि उमेरले छेक्दैन। उमेर जतिसुकै भएतापनि यदि पढ्ने रहर तथा चाहना भएमा जतिखेर पनि पढ्न सकिन्छ। त्यसको उदाहरण यतिखेर नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर बनेकी छन्। ३० बर्षपछि नायिका मानन्धर फेरि स्कुल जान थालेकी छन्। केही दिनअघि मात्र काठमाडौको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएर पढ्न जान थालेकी छन्।

Karishma Manandhar in Naya Shakti 1

 

सोही स्कुलमा पढ्दा–पढ्दै पढाई छाडे्र फिल्मलाइनतिर लागेकी थिइन्। आठ कक्षासम्मको पढाई पूरा गरेर त्रिवेणी पब्लिक स्कुल छाडे्र निस्फिक्री फिल्म लाइनमा लागेर नेपाली फिल्मको डिग्री नै गरिसकेकी नायिका मानन्धर फेरि कक्षा ९ मा पढ्न पुग्दा बचपन फेरि फर्केजस्तो अनुभव भएको प्रतिक्रिया व्यक्त गरेकी छन्।

 

त्रिवेणी पब्लिक स्कुलमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरु पनि आफूहरुको साथी नेपालको अत्यन्त चर्चित नायिका करिश्मा मानन्धर भएकोमा दंगै परेका छन्। आफूहरुसंग आफ्ना आमाहरुको उमेरकी नायिका एउटै बेन्चमा बसेर पढ्दा गजबै भएको भन्नेहरु पनि पाइएको छ।

 

करिश्मा मानन्धर ३० बर्षपछि फर्केर त्रिवेणी पब्लिक स्कुलमा पढ्न आउंदा उक्त स्कुलको चर्चा पनि व्हातै बढ्ेको छ। स्कुलका प्रिन्सिपल देखि शिक्षक–शिक्षिकाहरु पनि रमाएका छन्।

 

नायिका मानन्धर भने, नयाँशक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुख पनि भएकोले पार्टीको काम तथा चलचित्रको काममा व्यस्त हुनेबेला स्कुल नजाने गरेकी छन्। स्कुलमा गयल भएको बेला साथीहरुसंग नोट लिएर पढ्ने र नबुझेको तथा थाहा नपाएको कुरा स्कुलका सर तथा म्यामलाई फोनवाटै भएपनि सोधेर पढाईलाई निरन्तरता दिने कार्य गर्दैआएकी छन्।

जसरी भएपनि माध्यमिक शिक्षाको पढाई पूरा गर्ने पक्षमा रहेकी करिश्मालाई यो उमेरमा पढ्ने रहर पैदा गरिदिने नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका प्रमुख नेता डा.बाबुराम भट्टराई नै हुन्। डा.भट्टराईको प्रेरणाले आफू पढ्ेको स्कुलमा भर्ना भएर पढ्न थालेकी हुन्।

प्रकाशन मिति–२०७४ साल भाद्र २० गते मंगलवार ।