Park Plaza 1काठमाडौ। काठमाडौको न्यूरोडस्थित खिचापोखरीमा सुविधासम्पन्न पार्क प्लाजा नामक व्यापारिक कम्पलेक्स शुभारम्भ भएको छ। शुक्रबारवाट संचालनमा आएको पार्क प्लाजाको शुभारम्भ माइति नेपालका प्रमुख एवम् सीएनएन हिरो अनुराधा कोइराला, ख्यातिप्राप्त अभिनेता सुनिल थापा र अभिनेत्री श्वेता खड्काले एकसाथ पार्क प्लाजाको रिबन काटे्र शुभारम्भ गरेका थिए।

Park Plaza 2पार्क प्लाजाका अध्यक्ष अनुप अग्रवालको सभापतित्वमा भएको शुभारम्भ कार्यक्रममा पुरानो चलचित्र मायाको साइनोका निर्माता तथा बागबजारस्थित सिटीम्याक्स हलका हलमालिक देवेन्द्र खड्गीले पार्क प्लाजामा सुविधासंपन्न दुईवटा डिलक्स सिनेमा हल संचालन गर्ने आफूहरुले तयारी गरिरहेको बताए। राजधानीको मुटु न्यूरोड खिचापोखरीमा सुविधासंपन्न पार्क प्लाजाले सवैको मन जित्ने अपेक्षा गरिएको छ।

Park Plaza 3प्रकाशन मिति–२०७२ साल पुष १९ गते आइतवार ।