Omk-Bikram-with-Raju-Hamal

काठमाडौ। नेपाली पपसंगीतका पपसम्राट मानिएका गायक ओमविक्रम विष्टको गीति–एल्बम मनको कुराको टाइटल गीतको म्युजिक भिडियोमा चर्चित रंगकर्मी तथा मोडल राजु हमालको बेजोड अभिनय रहेको छ। थाइल्याण्डको बैंकक स्थित फुकेट, पतैया लगायतका रमणिय स्थानमा छायाँकन गरिएको राजु हमाल अभिनित उक्त भिडियोको हालै रिलिज भएको हो।

Raju Hamal 1पुराना रंगकर्मी तथा मोडल राजु हमालका साथमा मोडल पेमिला क्षेत्रीको उक्त गीतको भिडियोमा अभिनय रहेको छ। ओमविक्रम विष्ट जस्तो नेपाली पपसम्राटको गीतमा अभिनय गर्न पाउनुको गौरबता बेग्लै रहेको बताउंने रंगकर्मी हमालले यसलाई आफ्नो अभिनयको टर्निङ्ग प्वाइन्ट नै हो भन्छन्। पप सम्राट ओमविक्रम विष्ट पनि अभिनेता हमालमा देखिएको परिपक्व अभिनय शैलीवाट आफू अत्यन्त प्रभावित बनेको बताउंदै मनको कुराको म्युजिक भिडियो सोचेभन्दा राम्रो बनेको भन्छन्।

Raju Hamal 2रंगकर्मी हमालले पप सम्राट गायक विष्टको गीतको म्युजिक भिडियोको अलावा अर्का पप गायक भीम तुलाधरको उजाड मेरो यो जिन्दगी बोलको गीतको भिडियोमा पनि मार्मिक ढंगवाट अभिनय गरेका छन्। स्याड रोज व्याण्डको आज तिम्रो यादमा बोलको गीत तथा गीताराम कर्माचार्यको टाढा धेरै टाढा, प्रमोद निर्वाणको आगो बोलको गीतको म्युजिक भिडियोमा पनि आगो पार्ने अभिनय गरिसकेका छन्।

Raju-Hamal-8लामो समयको रंगकर्म तथा हाल दर्जनौ गीतका म्युजिक भिडियोमा एक पछि अर्को गरेर गर्दैआएको बेजोड अभिनयको सम्मानार्थ हमाललाई विभिन्न संघ–संस्थाले दर्जनौ सम्मान प्रदान गरिसकेको छ। जसमा नेशनल क्यापिटल अवार्ड, म्युजिक खवर अवार्ड, दुबईमा भएको फस्ट नेपाली म्युजिक भिडियो अवार्ड लगायत रहेका छन्। हालका व्यस्त म्युजिक भिडियो मोडलका रुपमा हमाललाई लिइने गरेको छ।
प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।