Shuvechha Thapa in catwalkकाठमाडौ। कलाकार तथा मोडलहरुमा पब्लिक सेन्स हुनु अत्यन्त आवश्यक छ। पब्लिकको चाहना र उनीहरुको डिमाण्ड अनुसार काम गर्न सकेमा पब्लिकवाट वाहवाही मात्र होइन, स्यावासी पनि पाउने गर्दछन्। पब्लिक जे चाहन्छन्–त्यही गर्नु र गर्न सक्नु पर्ने अवधारणाकी अभिनेत्री शुभेच्छा थापाले केही दिन अगाडि आयोजित एक समर फेसन–शोमा पब्लिक सेन्सलाई नै प्रस्तुत गर्न सफलता प्राप्त गरेकी छन्।

सोही सफलताको कारण त्यस समर फेसन–शोका एक से एक मोडलहरुको माझमा उनी सवैको प्रिय बन्न सफलता प्राप्त गरेकी छन्। पब्लिकको चाहना र इच्छा अनुसार नै स्वीमिङ्ग–पुल माथि आकर्षक ढंगवाट बनाइएको र्याम्पमा क्याटवाक गरेर बेग्लै अदा प्रस्तुत गरेर सवैको मन जित्न सफलता प्राप्त गरेकी छन्।

सवैखाले अभिनय मात्र होइन, सवैखाले फेसन–शोमा पनि पब्लिकको चाहना र उनीहरुकै सेन्समा काम गर्न सक्ने खुवी भएकी अभिनेत्रीको रुपमा पनि उनलाई लिएको छ। जुन शुभेच्छाको इच्छा तथा चाहना नै हो। त्यस अनुरुप आफू सफल हुनुको पछाडि पब्लिककै हात र साथ रहेको उनले प्रतिक्रिया दिएकी छन्।
प्रकाशन मिति–२०७४ साल असार १२ गते सोमवार ।