Himani Shah in Parashi 2काठमाडौ। दुईदिने नीजि भ्रमणका क्रममा नवलपरासीको त्रिवेणी पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहलाई भव्य स्वागत गरिएको छ। आइतवार त्रिवेणीमा आयोजित कार्यक्रममा त्यहाँका स्थानिय सर्वसाधारणले बाजागाजासहित नागरिक सम्मान नै हिमानीलाई दिइएको छ। त्यसको अलावा सक्रिय राजतन्त्रको लागि राजावादीहरुले चर्को नारा नै लगाएका थिए। हिमानीको स्वागतमा उर्लिएको जनसमुदायलाई व्यवस्थित गर्न प्रहरी तथा सुरक्षाकर्मीहरुलाई समेत हम्मे हम्मे नै परेको थियो।

Himani Shah in Parashi 1

ठूलो भीडकासाथ हिमानीले त्रिवेणीधाम पुगेर पूजाअर्चना गर्नुको साथै गजेन्द्र मोक्षधाममा स्वस्तीबाचन सहित दर्शन र पूजा गरेकी थिइन्। पुडिया गाउँको जोगिया बाबाको मन्दिरको धर्मशाला शिलान्यास गरेपछि हिमानीले परासी बजारमा स्थानियसंग साक्षात्कार समते गरेकी थिइन्।

साक्षात्कारमा सर्वसाधारणले नेपाली जनताको मनवाट राजतन्त्र नहटेको भनेर अनुनय विनय गर्दा हिमानीले जनताले जे चाहन्छन् त्यही हुन्छ भनेर मुसुक्क मुस्कुराउने कार्य मात्र भएको थियो। यसरी नै केही साताअघि हिमानीको श्रीमान पूर्वयुवराज पारस शाह काठमाडौको खोकनामा पुग्दा हिमानीलाई जस्तै भव्य स्वागत तथा राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।

प्रकाशित मिति–२०७२ साल माघ १८ गते सोमवार ।