काठमाडौ। काठमाडौको रमणिय स्थल नागार्जुन नगरपालिकाको धार्मिक क्षेत्र व्हाइट गुम्बा महाभूकम्प यता खुल्न सकेको छैन्। पर्यटकीय दृष्टिकोणले निक्कै नै रोमाञ्चक मानिएको व्हाइट गुम्वाको पूर्नरनिर्माण गरेर खुलाउने कोशिश जारी भएको नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला कार्कीले भनेकी छन्।
रामकोट तथा सीतापाइलाको सिमाना क्षेत्रमा पर्ने व्हाइट गुम्वा खुलाउनको लागि गुम्वा संचालकहरु नागार्जुन नगरपालिकामा व्हाइट गुम्वाको नक्सा निर्माण गर्न आएको जानकारी पनि उपमेयर कार्कीले दिएकी छन्। व्हाइट गुम्वा क्षेत्रलाई व्यवस्थित बनाएर लग्ने नगरपालिकाको योजना रहेको पनि उपमेयर कार्कीले भनेकी छन्।
नगरपालिकामा राजनीतिक प्रतिशोधको कुनैपनि व्यवहार नहुने जिकिर गर्दै सवैलाई सम्मान व्यवहार गरिने र नगरपालिकाको विकास–निर्माण तथा स्थानीय जनताको सेवा–सुविधाको लागि आफूहरु कटिवद्ध बनेर लागिरहेको पनि उपमेयर कार्कीले भनेकी छन्।
प्रकाशन मिति–२०७४ साल साउन ४ गते बुधवार ।