काठमाडौ। काठमाडौंको पशुपति परिसरमा छायांकन भैरहेको नयाँ नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’बाट कुटुमा कुटु उपनाम पाएकी चर्चित नायिका स्वस्तिमा खड्काको नयाँ गेटअप आउट भएको छ।

स्वस्तिमा यो फिल्ममा दुर्गा माताको भूमिकामा देखिएकी छिन् । छायांकन सेटबाट बाहिरिएको तस्वीरले स्वस्तिमाको भूमिकालाई लिएर दर्शकमा उत्साह र कौतुहलता पैदा हुने निश्चित छ । स्वस्तिमाले यसअगाडि यस्तो भूमिकामा काम गरेकी थिइनन्।

दीपेन्द्र के खनालव्दारा निर्देशित तथा खगेन्द्र लामिछानेको कथा रहेको यस चलचित्रमा निरज कँडेलको छायांकन रहेको छ।

प्रकाशन मिति–२०७९ साल चैत्र १२ गते आइतवार।