gulmi-banda-2

काठमाडौ। पश्चिम नेपालमा जारी १२ जिल्ला बन्द आज आइतवार पनि जारी रहेको छ। ५ नंवर प्रदेश विभाजनको विरोधमा जारी बन्दले बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान र दाङ्ग लगायतका जिल्ला बन्द भएको छ।

तीन देखि बन्द भएका यि जिल्लामा यातायात, पसल, शैक्षिक संघसंस्था सञ्चालन भएका छैनन्। जिल्लामा सदरमुकाम केन्द्रित भएर आन्दोलन चर्काएका छन् । आन्दोलनकारीले आज पनि बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्।
सरकारले प्रदेश नं. ५ को पहाड र तराईलाई अलग–अलग बनाउने गरी संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा प्रदेशका सबैजसो जिल्लामा प्रदर्शन भइरहेको हो।

gulmi-banda-1

बुटवलमा पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। प्रदर्शनकारीले रातभरी पनि विभिन्न सडकमा टेन्ट गाडेर बसेका थिए। गुल्मीमा पनि अनिश्चिकालिन आम हड्ताल भैरहेको छ। गुल्मीमा १८ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ।

लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ। सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।
प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।