breast-cancerकाठमाडौ। पश्चिम नेपालको दाङ्गमा पहिलो पटक स्तन क्यान्सर रोगको सफल शल्यक्रिया भएको छ। राससका अनुसार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो।

अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार बिरामी दुई महिनादेखि स्तन क्यान्सरबाट ग्रसित थिइन्।

सो उपचारले जिल्लाका क्यान्सर रोगी उपचारका अन्यत्र जानु पर्दैन भन्दै अस्पताल प्रशासनले रोगीको सेवाका लागि अस्पतालमा प्रयोगशाला र किमो थेरापीको आवश्यकता भएको जनाएको छ।

शल्यचिकित्सक डा. बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहितको चार जनाको टोलीले सो शल्यक्रिया गरेको शल्यक्रिया पछि बिरामी थापा मगर स्वास्थ्य लाभ गरी फर्किसक्नुभएको जनाइएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २५ गते शनिवार ।