Darjeelingकाठमाडौ। विगत ३५ दिनदेखि आन्दोलनरत रहेको पहाडकी रानी दार्जिलिङ्ग अझै तनाबग्रस्त भैरहेको छ। बन्द तथा हडताल कायमै रहेको छ। दार्जिलिङ्ग केन्द्रित आन्दोलन अव दिल्ली केन्द्रित गर्नेतर्फ त्यहाँका नेता तथा कार्यकर्ताहरु लागेका छन्। गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङ्गमा आन्दोलन भैरहेको हो।

मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ आन्दोलनलाई जारी राख्दै केन्द्रिय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ । १५ दल र आन्दोलनलाई समर्थन गर्ने बुद्धिजीवीहरुको सहभागिता रहेको बैंठकले कमिटीले दिल्लीमै धर्ना, अनशन, सेमिनार गर्नुका साथै सरकारका मन्त्रीहरुलाई भेटेर गोर्खाल्याण्डको पक्षमा लबिङ्ग गर्ने निर्णय गरेको छ।

Darjeeling1बैंठकले आन्दोलनलाई थप सशक्त बनाउनका लागि दुई वटा समिति बनाउने निर्णय गरेको छ । एउटा समितिले सिक्किमसँग सहयोगका लागि लबिङ गर्ने र अर्को समितिले पश्चिम बंगाल सरकारलाई भेटेर दबाव दिने र पहाडमा गरिएको खाद्यान्न नाकाबन्दी हटाउन माग गर्ने छ। आन्दोलनलाई मार्ग दर्शन गर्ने एक उच्चस्तरीय बुद्धिजीवीहरुको समिति पनि बनाउने कमिटिले निर्णय गरेको छ।

दार्जिलिङलगायत पहाडमा भइरहेको आम हड्ताल र प्रदर्शन जारी राख्ने आन्दोलनकारीहरुको निर्णय छ । छुट्टै राज्य गार्खाल्याण्डको माग गर्दै पाँच हप्ताअघिदेखि शुरु भएको आन्दोलनमा नौं जना आन्दोलनकारीको ज्यान गइसकेको छ।
प्रकाशन मिति–२०७४ साल साउन ४ गते बुधवार ।