Nepal Map 1काठमाडौ। बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनको रौनकता नेपालका ३४ जिल्लामा मज्जाले छाएको पाइएको छ। यी सवै जिल्लामा उम्मेदवारी दर्ता गर्नेहरुको व्यापक लहरले गर्दा निर्वाचनको रौनकता नै बेग्लै बनेको पाइएको छ। यसक्रममा काठमाडौ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ।

 

प्रमुख पदमा उम्मेदवारी दिइनेहरुमा नेपाली काँग्रेसबाट राजुराज जोशी, नेकपा एमालेबाट विद्यासुन्दर शाक्य, नेकपा माओवादी केन्द्रबाट सर्वोत्तमदास डङ्गोल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट शिवहरी रिजाल, सङ्घीय समाजवादी फोरम नेपालबाट पवित्र बज्राचार्य, राष्ट्रिय जनमोर्चा नेपालबाट डा. निर्मलकुमार थापा, नेपाल मजदूर किसान पार्टीबाट कुलनारायण डङ्गोल र नेकपा संयुक्तबाट वचपनराज श्रेष्ठ रहेका छन्।

स्वतन्त्र उम्मेदवारका रुपमा किशोर थापा, विनोदकुमार क्षेत्री, रञ्जु न्यौपाने, सुरेन्द्रप्रसाद ढकाल, अमोट महर्जन, लक्ष्मीप्रसाद भण्डारी, नेत्र बहादुर लिम्बु, पुरुषोत्तम दङ्गाल, भरतबहादुर विसुराल, गोर्कीप्रसाद श्रेष्ठ, ज्ञानुमाया तामाङ, नवराज कार्की, दिनेश शाही, डव बहादुर गर्वुजा पुनमगर र अनिलमान श्रेष्ठले उम्मेदवारी दिएका छन्।

उपप्रमुख पदमा काँग्रेसबाट हरीप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीला पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसीले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जनले पनि उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । वडा अध्यक्ष र सदस्य पदमा एक हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरेर, काठमाडौ जिल्लाको दक्षिणकाली स्थित दक्षिणकाली नगरपालिकाको प्रमुखमा १० र उपप्रमुखमा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दक्षिणकाली नगरपालिकाका निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार, प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनुहुनेमा क्रमशः नेपाली काँङ्ग्रेसबाट मोहन बस्नेत र बसन्ती लामा, नेकपा एमालेबाट शशी शर्मा आर्याल र मीरा महर्जन तथा नेकपा माओवादी केन्द्रबाट सन्दीप लामा र कमला बोहरा क्षेत्री रहेका छन् । टोखा नगरपालिकामा २५५ जना उम्मेदवारको मनोनयन परेको छ।

टोखाका निर्वाचन अधिकृत दिनवन्धु वरालकाअनुसार प्रमुखमा १४ र उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख पदमा उम्मेदवारी गराउनेमा काङग्रेसबाट हरिहर अधिकारी, एमालेबाट प्रकाश अधिकारी र नेकपा माओवादी केन्द्रबाट कल्पना शर्मा रहेका छन् ।

भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा कांग्रेसबाट प्रमुखमा अष्टकुमार कवे र उपप्रमुखमा अञ्जना मधिकर्मीले उम्मेदवारी दर्ता गराएका छन् भने एमाले, नेमकिपा र माओवादी केन्द्रकातर्फबाट प्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेमकिपाका केदार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

भक्तपुर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा राम अवाल र उपप्रमुखमा गङ्गा अवाले, नेमकिपाको तर्फबाट प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा सत्यलाल मूल र उपप्रमुखमा इन्द्रमाया सुवाल, एमालेबाट प्रमुखमा विष्णु सुवाल र उपप्रमुखमा रीता अवालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट प्रमुखमा विष्णुराज कार्की र उपप्रमुखमा कल्पना राजथला, एमालेबाट प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा जुना बस्नेत, नेमकिपाबाट प्रमुखमा मनशोभा त्वाँटी र उपप्रमुखमा महेन्द्र बखुन्छें, माओवादी केन्द्रबाट प्रमुखमा दिलकृष्ण तजः, उपप्रमुखमा पूण्यवती चौंलागाई, नेकपा मालेबाट प्रमुखमा ज्ञानराम श्रेष्ठ र उपप्रमुखमा विना श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेसका राजाराम खड्का, नेकपा मालेका साधुराम दाहाल, नेमकिपाका न्हुँछे फोजु, नेकपा एमालेका सोम मिश्र, राप्रपाका रवीन्द्र प्रताप शाह र माओवादी केन्द्रका शिव अधिकारीले मनोनयन दर्ता गराएका छन भने उपप्रमुखमा काँग्रेसका सरु बाँनिया, मालेका लक्ष्मी मगराति, एमालेका बिना बास्तोला, राप्रपाका युवती कार्की, नेमकिपाका गीता काफ्ले र माओवादी केन्द्रका लक्ष्मी खड्काले मनोनयन दर्ता गराएका छन् ।

लमजुङ जिल्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएका छन् । बेँसीसहर नगरपालिकामा काँग्रेसबाट प्रमुखमा भेषबहादुर पौडेल र उपप्रमुखमा इन्दिरा तिवारी, एमाले र माओवादी केन्द्रको संयुक्त गठवन्धनबाट प्रमुखमा गुमानसिंह अर्याल र उपप्रमुखमा लक्ष्मी अधिकारीले उम्मेदवारी दिएका छन् ।

सुन्दरबजार नगरपालिकामा काँग्रेसबाट प्रमुखमा बद्रीमान श्रेष्ठ र उपप्रमुखमा ज्ञानु शाहा तथा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट प्रमुखमा जनकराज मिश्र र उपप्रमुखमा शान्ता भुजेलले उम्मेदवारी दिएका छन् ।

मध्यनेपाल नगरपालिकामा काँग्रेसबाट प्रमुखमा रमेश पाण्डे र उपप्रमुखमा सीता ठकुरी, एमाले–माओवादी केन्द्र गठबन्धनबाट प्रमुखमा मनहरि पौडेल र उपप्रमुखमा राजकुमार श्रेष्ठ तथा राप्रपाबाट प्रमुखमा श्रीप्रसाद घिमिरे र उपप्रमुखमा गृह्यश्वरी विकले उम्मेदवारी दर्ता गराएका छन् ।

राइनास नगरपालिकामा काँग्रेसबाट प्रमुखमा गणेश चिलवाल र उपप्रमुखमा धनकुमारी गुरुङ, माओवादी केन्द्र–एमाले गठवन्धनबाट प्रमुखमा सिंहबहादुर थापा र उपप्रमुखमा पुष्पराज खनाल तथा राप्रपाबाट प्रमुखमा राजेन्द्र लौडारी र उपप्रमुखमा कोहिनुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

रसुवा– नौकुण्ड गाउँपालिकामा काँग्रेसबाट नोर्बुसाङ्बो तामाङ अध्यक्ष र लक्ष्मीमायाँ वाइवा उपाध्यक्ष, एमालेबाट विकास तामाङ अध्यक्ष र सिर्जना तामाङ उपाध्यक्ष, माओवादी केन्द्रबाट फुलमाया वाइवा अध्यक्ष र केशवप्रसाद पौडेल उपाध्यक्ष तथा नयाँशक्तिबाट भूमे लामा अध्यक्ष र युती लामिनी उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन्।

कालिका गाउँपालिकामा काँग्रेसबाट साधुराम पौडेल अध्यक्ष र सावित्री केसी उपाध्यक्ष, एमालेबाट सीतादेवी पौडेल अधिकारी अध्यक्ष र भवानीप्रसाद न्यौपाने उपाध्यक्ष, माओवादी केन्द्रबाट उद्धव रिजाल अध्यक्ष र उपाध्यक्षमा शीला मगर, नयाँशक्तिबाट कृष्ण तामाङ अध्यक्ष र सरिता न्यौपाने उपाध्यक्षमा मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिएका छन्।

उत्तरगया गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा उपेन्द्र लम्साल र उपाध्यक्षमा पम्फादेवी तिमिल्सिना, एमालेबाट अध्यक्षमा अशोककुमार घिमिरे र उपाध्यक्षमा चमेली गुरुङ, माओवादी केन्द्रबाट अध्यक्षमा मेघनाथ घिमिरे र उपाध्यक्षमा रेणुमायाँ गुरुङ तथा नयाँशक्तिबाट अध्यक्षमा इन्द्र सापकोटा र उपाध्यक्षमा चमेली विकले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

गोसाइकुण्ड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा पेम्बा छिरिङ तामाङ र उपाध्यक्षमा देवी तामाङ, एमालेबाट अध्यक्षमा काइसाङ नुर्पु तामाङ र उपाध्यक्षमा कर ग्याल्पो श्रेष्ठ तामाङ, नयाँ शक्तिबाट अध्यक्षमा कामीबुटी तामाङ र उपाध्यक्षमा नुर्पुसिङ्गी तामाङ, माओवादी केन्द्रबाट उपाध्यक्षमा फूर्वा तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

पावतीकुण्ड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा अविनास तामाङ र उपाध्यक्षमा छेन्जुम तमाङ, एमालेबाट ल्हाक्पा गोम्बु तामाङ अध्यक्ष र नविना तामाङ उपाध्यक्ष, माओवादी केन्द्रबाट फूर्पा तेन्जेन तामाङ अध्यक्ष र तारा तामाङ उपाध्यक्ष तथा नयाँशक्तिबाट भुजुङ तामाङ अध्यक्ष र सङ्गीता तामाङ उपाध्यक्षमा मनोनयन दर्ता गराउने कार्य भएको छ।

नुवाकोटको दुई नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलबाट र केहीले स्वतन्त्र उम्मेदवार पनि दर्ता गराएका छन्। विदुर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा ध्रुव अधिकारी र उपप्रमुखमा गीता अमात्य, एमालेका तर्फबाट प्रमुखमा सन्जु पण्डित र उपप्रमुखमा गीता दाहाल, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा सुभद्रा नेपाल तथा नयाँ शक्तिका तर्फबाट प्रमुखमा नवराज ढुङ्गानाले मनोनयन दर्ता गराएका छन्।

बेलकोटगढी नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा प्रताप लामा र उपप्रमुखमा हीरा पाण्डे, एमालेका तर्फबाट प्रमुखमा राजेन्द्ररमण खनाल र उपप्रमुखमा रुपा सापकोटा तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा जगतबहादुर गुरुङ र उपप्रमुखमा कविता ढुङ्गानाले मनोनयन दर्ता गराएका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा देवकुमार सुवेदी र उपप्रमुख जानकी सिंह, एमालेका तर्फबाट प्रमुखमा बालाराम शर्मा र उपप्रमुखमा मोहनमाया ढकाल, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा रत्न गाहा र उपप्रमुखमा हरिमाया शर्मा, राप्रपाका तर्फबाट प्रमुखमा इश्वर श्रेष्ठ र उपप्रमुख टीका योगी तथा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दाहालले प्रमुख र भोजप्रसाद चपाईंले उपप्रमुख पदमा मनोनयन दर्ता गराएका छन्।

गुर्भाकोट नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा हस्त पुन र उपप्रमुख मैना विक, एमालेका तर्फबाट प्रमुखमा देवबहादुर खत्री र उपप्रमुख सुशीला विक तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा हिराबहादुर थापा र उपप्रमुखमा नन्दकली विकले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भेरीगङ्गा नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा भूपेन्द्रबहादुर चन्द र उपप्रमुखमा रेणु ढकाल, एमालेका तर्फबाट प्रमुखमा यज्ञप्रसाद ढकाल, उपप्रमुखमा चन्द्रा आचार्य तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा कृष्णप्रसाद गिरि र उपप्रमुखमा डिलसरा थापाले मनोनयन दर्ता गराएका छन्।

यस्तै पञ्चपुरी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उपेन्द्रबहादुर थापा र उपप्रमुखमा मुक्तिदेवी पुरी, एमालेबाट प्रमुखमा मनबहादुर विक र उपप्रमुख राजकुमारी तिवारी तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा धनबहादुर थापा र उपप्रमुखमा सीता पाण्डेले मनोनयन दर्ता गराएका छन्। यसैगरी लेकबेँसी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उमेश पौडेल र उपप्रमुखमा डिलमती विक, एमालेबाट प्रमुखमा गगनसिं सुनार र उपप्रमुखमा शान्तिकुमारी छन्तेल तथा माओवादी केन्द्रबाट प्रमुखमा खड्कबहादुर घर्ती र उपप्रमुख आरती विकले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

चौकुने गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा गजराज जोशी र उपाध्यक्षमा रेणु राना, एमालेबाट अध्यक्षमा धिरबहादुर शाही र उपाध्यक्ष निर्मला रानामगर तथा माओवादी केन्द्रबाट अध्यक्षमा खड्कबहादुर विक र उपाध्यक्षमा बिमला जिसीले मनोनयन दर्ता गराएको छ। बराहताल गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा तेजबहादुर बस्नेत र उपाध्यक्षमा शोभा शर्मा, एमालेबाट अध्यक्षमा ताराकेशर गौतम तथा माओवादी केन्द्रबाट अध्यक्षमा बलबहादुर कठायत, उपाध्यक्षमा गोमा गुरुङले मनोनयन दर्ता गराएका छन्।

सिम्ता गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा खड्ग पोखरेल, एमालेबाट अध्यक्षमा कविन्द्रकुमार केसी र उपाध्यक्ष चन्द्रकला शाही तथा माओवादी केन्द्रबाट अध्यक्षमा झुपबहादुर बुढा र उपाध्यक्ष चन्द्रकला खत्रीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी चिङ्गाड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य, एमालेबाट अध्यक्षमा बखत खत्री र उपाध्यक्ष दीपा राना तथा माओवादी केन्द्रबाट अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्षमा तेजकुमारी रानाले मनोनयन दर्ता गराएका छन्।

जाजरकोटका विभिन्न नगरपालिका र गाउँपालिकामा पनि विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। भेरी नगरपालिकामा काँग्रेसबाट अध्यक्षमा सनतकुमार कार्की र उपाध्यक्षमा धनाकुमारी चपाईँ, एमालेबाट अध्यक्षमा सिपी घर्ती र उपाध्यक्षमा भावना भण्डारी, माओवादी केन्द्रबाट अध्यक्षमा ढकवीर राना र उपाध्यक्षमा कृष्ण शर्मा तथा संयुक्त गठबन्धन ९माले, सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा० बाट अध्यक्षमा सीता दवाडी र उपाध्यक्षमा पदमावती पुनले मनोनयन दर्ता गराएका छन्।

छेडागाड नगरपालिकामा काँग्रेसबाट अध्यक्षमा रत्नबहादुर खड्का र उपाध्यक्षमा रेश्मा शाही, एमालेबाट अध्यक्षमा लालबहादुर महतारा र उपाध्यक्ष सरिता ओली तथा माओवादी केन्द्रबाट अध्यक्षमा चन्द्रबहादुर थापा र उपाध्यक्षमा धर्मशीला बस्नेतले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी त्रिवेणीनलगाड नगरपालिकामा काँग्रेसबाट अध्यक्षमा छवि पन्त र उपाध्यक्षमा धनमाया शाही, एमालेबाट अध्यक्षमा नवेन्द्र नेपाली र उपाध्यक्षमा सुनिता बोहरा तथा माओवादी केन्द्रबाट अध्यक्षमा टेकबहादुर रावल, उपाध्यक्षमा सुनिता बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ ।

कुशेगाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा रामछाया शाही, एमालेबाट अध्यक्षमा तप्त हमाल र उपाध्यक्षमा गङ्गाकुमारी आरसी तथा माओवादी केन्द्रबाट अध्यक्षमा जनकराज शर्मा र उपाध्यक्षमा अम्बिका बस्नेतले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । बारेकोट गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा महेन्द्र शाह र उपाध्यक्षमा कालु ज्योति, एमालेबाट नीमबहादुर सिंह र उपाध्यक्षमा गीता सिंह तथा माओवादी केन्द्रबाट अध्यक्षमा तिलक रावत र उपाध्यक्षमा ओमा शाही, जुनीचाँदे गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा सर्वराज रावत र उपाध्यक्षमा तुल्सीदेवी बस्नेत, एमालेबाट अध्यक्षमा बेदबहादुर शाही र उपाध्यक्षमा अम्वा शाह तथा माओवादी केन्द्रबाट अध्यक्षमा कृष्ण केसी र उपाध्यक्षमा शिव आचार्य बस्नेतले मनोनयन दर्ता गराएका छन्।

यस्तै शिवालय गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा खड्क बिसी र उपाध्यक्षमा गीता शाही, एमालेबाट अध्यक्षमा नरेन्द्र शाही र उपाध्यक्षमा कुमारी थापा तथा माओवादी केन्द्रबाट अध्यक्षमा लालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी केसीले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेपाली काँग्रेसबाट बागलुङ नगरपालिकाको प्रमुखमा वसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा शकुन्तला शर्मा, गलकोट नगरपालिकाको प्रमुखमा भरत शर्मा गैरे र उपप्रमुखमा रेणुका काउचा, जैमुनी नगरपालिकाको प्रमुखमा इन्द्रराज पौडेल र उपप्रमुखमा कौशिला विश्वकर्मा, ढोरपाटन नगरपालिकाको प्रमुखमा अर्जुन शेरचन र उपप्रमुखमा दिलमाया पौवीले उम्मदेवारी दिएका छन् ।

बागलुङ नगरपालिकामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ । जसअनुसार प्रमुखमा एमालेका जनक पौडेल र उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्काको उम्मेदवारी परेको छ । एमालले अन्य स्थानीय तहमा राष्ट्रिय जनमोर्चासँग एकता गरेर चुनावी मोर्चामा उत्रिएको छ । एमालेले जनमोर्चालाई प्रमुख दिएर गलकोट नगरपालिकामा उपप्रमुखमा रत्ना भण्डारीेलाई उम्मदेवार बनाएको छ ।

यस्तै, जैमुनी नगरपालिकामा प्रमुखमा राष्ट्रिय जनमोर्चाबाट नरबहादुर पुन र उपप्रमुखमा एमालेबाट लीला राना उम्मदेवारी दिएका छन् । ढोरपाटन नगरपालिकामा एमालेबाट प्रमुखमा देवकुमार नेपाली र उपप्रमुखमा कर्मती घर्तीले उम्मदेवारी दर्ता गराएका छन् । राजमोबाट प्रमुखमा गौरीश्वर पाण्डे र उपप्रमुखमा दर्गादेवी घर्तीले पनि मनोनयन दर्ता गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट बागलुङ नगरपालिकाको प्रमुखमा कुशुम बुढा र उपप्रमुखमा निर्मल श्रेष्ठ, गलकोट नगरपालिकाको प्रमुखमा फमलाल न्यूरे र उपप्रमुखमा ललिता थापा, ढोरपाटन नगरपालिकाको प्रमुखमा शेरमान घर्ती र उपप्रमुखमा दिपश्ना मगर सुनार, जैमिनी नगरपालिकाको प्रमुखमा शोभाप्रसाद शर्मा र उपप्रमुखमा देवी शर्माको उम्मदेवारी परेका छन् ।
प्रकाशन मिति–२०७४ साल बैशाख १९ गते मंगलवार ।