Jeni Sunuwar UK

लण्डन। बेलायतमा रहेकी नृत्य कलाकार जेनी सुनुवारले डेनमार्कमा इनास अवार्ड जितेकी छन्। डेनमार्क को कोपनहेगनमा इनास आवद्ध ३५ राष्ट्रका नेपाली कलाकारहरु वीच भएको एकल नृत्य प्रतियोगितामा जेनीले अवार्ड जितेकी हुन्।

INAS UKपाँचौ इनास एकल नृत्य प्रतियोगिता मा डेनमार्क र बेल्जियम लाई उछिनेर इनास युकेतर्फबाट जेनीले जितेको इनास ग्लोबल सचिव एवं इनास युकेका संरक्षक मनिष कुमार श्रेष्ठ जानकारी दिएका छन्। अन्य प्रतिस्पर्धीहरु जर्मन, पोलाण्ड, नेडरलाण्डका नृत्य कलाकारहरुपनि उतिकै प्रतिभावान रहेको पनि बताइएको छ।

डेनमार्कमा इनास युकेको प्रस्तुति अत्यन्त राम्रो भएको नृत्य संयोजक विनोद चिपालुको दावी रहेको छ। चिपालुले आफूहरुको प्रस्तुतिलाई राम्रो बनाउन बेलायतवाटै कडा मेहनत गरेको प्रतिफल मिलेको प्रतिक्रिया दिएका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।