Prabesh Upreti with Samjhana Upreti 3काठमाडौ। अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली हिरो प्रवेश उप्रेतीको भ्यालेन्टाइन अरु कोही नभइकन उनकै जीवन संगीनी संझना उप्रेती हुन्। भ्यालेन्टाइन–डेको अवसरमा दुवै निक्कै रोमान्टिक मूडमा देखिएका छन्। दुवैजना भ्यालेन्टाइन–डेको दिन न्यूयोर्कको प्रसिद्ध एक होटलमा गएर रमाइलो गरेका छन्।

Prabesh Upreti with Samjhana Upreti 4रमाइलोसँग वाइनको चुस्कीसँगै एकले अर्कोलाई हृद्यभरिको माया तथा प्रेमलाई अजम्बरी बनाउने प्रणलाई यो बर्षपनि दोहोर्याएका छन्। पाँच बर्ष लामो प्रेम गरेर विवाह वन्धनमा बाँधेका यी प्रेमजोडी आफूहरु वीचको प्रेमको सफलताको रहस्य विश्वास र अत्यन्त प्यार नै हो भनेका छन्।

प्यार विनाको जीवनलाई कल्पना पनि नगरेको बताउने यी प्रेमजोडीको नेपालमा थाकथलो पाल्पा हो। पाल्पाको त्रिभुवन कलेजमा अध्ययनरत भएको बेलामा लभ परेको त्यो क्षण तथा पललाई दुवैले विर्सेका छैनन्। प्रवेशलाई डीभी लट्री परेपछि अमेरिका आएको बताउने यो जोडी आफूहरुलाई भाग्यमानी जोडी भन्न रुचाउंछन्।

Prabesh Upreti with Samjhana Upreti 2अमेरिका आएपछि अमेरिकामा नै निर्माण भएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा प्रवेश हिरो बनेका छन्। संझना भने यस चलचित्रको निर्मात्री बनेकी छन्। सानोदेखि कलाकारिताको मोह तथा चासोले कलाकार बनेको र फिल्म अत्यन्त राम्रो बनेको प्रवेशको भनाई रहेको छ। संझनाले पनि एक दृश्यमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा अभिनय गरेकी छन्।

Prabesh Upreti with Samjhana Upreti 1प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।