काठमाडौ। पाकिस्तानको पेशावरमा शुक्रबार भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु भएको छ। पेशावर शहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएको छ।

हमलामा ११ जना घाइते भएको बताइएको छ । पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार बिहानै तीन बन्दुकधारी बुर्का लगाएर सो केन्द्रमा प्रवेश गरेका थिए। जवाफी सुरक्षा कारवाहीमा तीनै हमलाकारी मारिएको छ।

पाकिस्तानी तालिवानले सो हमलाको जिम्मेवारी लिएको छ। प्रहरीका अनुसार हमलामा ८ विद्यार्थी र एक कर्मचारीको मृत्यु भएको छ । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर १५ गते शुक्रबार ।