hindi-film-1काठमाडौ। काश्मिर विवाद विषयमा केही दिनयता भारत र पाकिस्तान वीच बढ्दै गएको तनाब तथा युद्धको संकेतले पाकिस्तानमा भारतीय चलचित्र माथि प्रतिवन्ध लगाएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

शनिवारवाट पाकिस्तानका कुनैपनि सिनेमा हलहरुमा भारतीय हिन्दी फिल्म चलाउन बन्द गरिएको छ। सवै हलहरुवाट चलिरहेका भारतीय फिल्मलाई उतारेका छन्। केही दिनपहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया(आइएमपीपीए)ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिकहरुलाई भारतीय चलचित्र उद्योग (बलिउड)मा काम गर्न प्रतिबन्ध लगाएको थियो।

hindi-film-2

आइएमपीपीएले गरेको निर्णयको जवाफमा पाकिस्तानी चलचित्र उद्योगका लगानीकर्ताहरुले पनि यस्तो अप्रिय निर्णय लिएको जनाइएको छ। दुई देशबीचको राजनीतिक सम्बन्ध सामान्य अवस्थामा नफर्कुन्जेलसम्म सबैखाले भारतीय चलचित्र प्रदर्शन तथा वितरणकार्य निलम्बनमा परेको हो।
प्रकाशन मिति–२०७३ साल असोज १५ गते शनिवार ।