काठमाडौ। नेपालका नव–नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री मंगलवार स्वदेश फर्केका छन्।

नेपालको दुई दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश मंगलवार दिउंसो फर्किएका हुन्। अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरे।

स्वदेश फर्कनुअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रकाशन मिति–२०७४ साल फागुन २२ गते मंगलवार ।