Pasa Pucha Guthi Uk

लण्डन । बेलायतमा रहेका नेपालीहरुलाई नेवारी शैलीको भोजका लागि पासा पुच गुठी साउथ इष्टले भव्य परम्परागत नेवारी भोज कार्यक्रम गर्ने भएको छ।

नेपाली र नेवारी कला संस्कृतिका साथै बिभिन्न कार्यक्रम गर्दै आएको साउथ इष्टले यही आउने मे २१ तदानुसार जेठ ७ गते आइतवारका दिन परम्परागत शैलीमा पलेटी कसेर लप्टेमा खाने सामुहिक नेवारी भोजको आयोजना गरिने पासा पुच गुठिका अध्यक्ष एवं सो कार्यक्रमका संयोजक सुशिल प्रजापतिले बताएका छन्।

Sushil Prajapati & his Child
Sushil Prajapati & his Child

नेपाली र नेवारी कला संस्कृतिको प्रवद्र्धन प्रचार प्रसार र संरक्षणका लागि पासा पुच गुठी साउथ इष्ट लागि परेको छ र त्यसको निरन्तरताको क्रममा यो कार्यक्रम गरिन लागेको जानकारी पनि कार्यक्रम संयोजक प्रजापतिले दिएका छन्।

प्रजापतिले बिगतका दिनहरुमा लण्डनमा यो कार्य समितिले सांस्कृतिक झाँकि सहित मह पुजा, सांस्कृति झाँकि सहित यो मरी पूण्य, सांस्कृति झाँकि सहितको क्वाटी पूण्य, लाखे नाच, भैरव नाच, धिमे बाज सहित बिभिन्न मौलिक र सांस्कृति परम्परातको निरन्तरता बिदेशमा रहेर दिईरहेको बताएका छन्।

यसैगरेर हरेक बर्ष पासा पुच गुठि यूकेले सामुहिक बेलविवाह र ब्रतबन्ध जस्ता कार्यक्रम पनि गर्दै आएको छ।

Pasa Pucha Guthi Uk.1प्रकाशन मिति–२०७४ साल बैशाख १४ गते विहीवार ।