काठमाडौं। पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाएको हो।

बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वाईल्ड लाईफ फोटोग्राफर चुङ्वा शेर्पा, बागमति सफाई महाअभियानको संयोजक एवं बाल सारथी संस्थाको अध्यक्ष डा. माला खरेल, खेलाडी तथा लङ लाईन रेस्क्यू गर्ने पहिलो नेपाली महिला फुन्जो ज्याङ्मु लामा, गीतकार पुरुषोत्तम सानु, अधिवक्ता हरि वहादुर कार्की, गायक ओम सुनार, गायिका अस्मिता श्रेष्ठ, गीतकार समिर खान लगायतलाई विषेश पावर सम्मान समेत गरिएको थियो।

कला संस्कृति, गीत संगीत, पर्यटन, समाजसेवा लगायत विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई यस संस्थाले प्रोत्साहन गर्दै आएको छ भने कला र संस्कृतिको जगेर्नाको लागि आफु र आफ्नो कार्यसमितिका सदस्यहरु अहोरात्र लागि परेको पिम नेपालका अध्यक्ष माधव खरेलले बताए । सो कार्यक्रमको स्वागत मन्तव्य संस्थाको महासचिव कमला जोशीले गरेकी थिईन ।

संस्थामा उपाध्यक्ष पूर्ण राई र श्रीदेव भट्टराई, सचिव राजन थापा, कोषाध्यक्ष राजन खरेल, सदस्यहरु राममणि ढकाल, सपना जोशी, गीता सिंह, रज्जु गुरुङ, शोभा जि।सी, अर्जुन खरेल, नम्रता खरेल लगायतका रहेका छन्।
प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शनिवार ।