trishuli-riverकाठमाडौ। दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टेभीरवाट गाडीसहित त्रिशुली नदीमा खसेर बेपत्ता बनिरहेका पूर्वगृह मन्त्री माधव घिमिरेको भाइ मोहन घिमिरेको शव भेटिएको छ।

शनिवार विहान तनहुँको देवघाट–४ स्थित बगहीको त्रिशुली नदी किनारमा फेला परेको चितवन प्रहरीले भनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार उक्त स्थानमा शव देखेपछि स्थानिय माझीले प्रहरीलाई खवर गरेका थिए। शवको साथमा भेटिएको परिचय पत्र तथा लाइसेन्सको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्त कुँवरले पूर्वगृह मन्त्री घिमिरेको भाइ मोहनको पहिचान गरेका हुन्।

पूर्वगृह मन्त्री घिमिरे र उनको एक अर्को भाइको शव भने भेटिएको छैन्। गत असोज ९ गते मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा घिमिरे परिवार सवार गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेर बेपत्ता भएको थियो । घिमिरेकी आमासहित ३ को घटनास्थलमा मृत्यु भएको भएको थियो।

पूर्वमुख्यसचिवसमेत रहेका माधवप्रसाद घिमिरे र उनका दुई भाइ त्रिशुलीमा बेपत्ता थिए। वेपत्तामध्ये मोहनको शव भेटिएको हो। एकसाता सम्म प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी गरेको थियो।
प्रकाशन मिति–२०७३ साल असोज २२ गते शनिवार ।