काठमार्डौ। नेपालका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार शेरधन राई सवार गाडीमा बम प्रहार भएको छ।

मंगलबार बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा टेम्के मैयु गाउँपालिका–६ गुम्वामा राई सवार बा १५ च ५६०८ नम्वरको वनटेन गाडीमा बम प्रहार भएको हो।

अज्ञात समूहले प्रहार गरेको बमबाट राईको सुरक्षामा खटिएका प्रहरीका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भागमा क्षति भएको छ। पूर्वमन्त्री राई र अन्य कार्यकर्ता भने सकुशल रहेको बताइएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।