Parash with Purnika 1काठमाडौ। थाइल्याण्डवाट फर्केयता लामो समयदेखि चुपचाप बसेका पूर्वयुवराज पारस शाह पहिलोपल्ट सार्वजनिक समारोहमा विहीवार देखिएका छन्। हिन्दूवादी संगठन शिवसेना नेपालले भगवान पशुपतिनाथको बनकालीमा आयोजना गरेको निःशुल्क भोजन खुवाउने भोजनशालाको उद्घाटन कार्यक्रममा पारस प्रमुख अतिथिका रुपमा उपस्थित बनेका थिए।

parash Shah 2

हँसिलो मुहारकासाथ छोरी पूर्णिकाका साथमा कार्यक्रमको मन्चमा देखिएका पारस छोरी पूर्णिकासंग रमाइलो मूडमा गफिदै गरेको पाइएको थियो।

शिवसेना नेपालको भोजनशालको पानसमा बत्ती बालेर उद्घाटन गर्ने कार्य पनि पारसवाट भएको थियो। गरिब नेपाली जनतालाई राहत दिन शिवसेना नेपालले बनकालीमा निःशुल्क भोजन गराउनको लागि भोजनशाला चलाएको जनाएको छ। यस भोजनशालमा निःशुल्क खाना खाने व्यवस्था गरिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष १६ गते विहीवार ।