काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द शाह भारत भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन्।

ज्ञानेन्द्रको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरुले ज्ञानेन्द्रलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे।

विमानस्थल पुगेकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए।

ज्ञानेन्द्र धार्मिक भ्रमणका लागि गत माघ २२ गते भारतको उडिसा गएका थिए।

प्रकाशन मिति–२०७४ साल फागुन ५ गते शनिवार ।