Ram Baran Yadavकाठमाडौ। पूर्वराष्ट्रपति डा.रामबरण यादवको लागि व्यवस्था गरिएको ललितपुरको बागडोल स्थित आलिशान भवनको घरभाडा तिर्ने विषयमा सरकारले आनाकानी गरेको काठमाडौबाट प्रकाशित अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ।

मासिक १ लाख ३० हजार घरभाडा तिर्ने तय गरेर गत दुई महिनाअघि पूर्वराष्ट्रपति डा.यादव शीतल निवासवाट उक्त स्थानमा सरेका थिए। घरभाडामा घरधनी महेश विष्टले करसमेत थपेर बुझाउनुपर्ने भनेपछि समस्या तथा अन्योल उत्पन्न भएको छ।

अर्कोतर्फ पूर्वराष्ट्राध्यक्षहरुले पाउने सुविधाबारे हालसम्म नेपालमा कानून नबनिसकेकोले पूर्वराष्ट्रपति डा.यादवको निवासको घरभाडा तिर्न सरकारले समेत आनाकानी गर्न थालेको छ। स्पष्ट नियम तथा घरभाडाको संझौतामा पनि स्पष्टता नभएकोले सरकारका पदाधिकारीहरु पनि चेकमा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेको बताइएको छ।

प्रकाशन मिति–२०७२ साल पुष २५ गते शनिवार ।