tehrathum-sankranti-bazar-1काठमाडौ। तेह्रथुमको पुरानो ऐतिहासिक आठराई क्षेत्रको मुख्य व्यापारिक केन्द्र संक्रान्तिबजारमा भीषण आगलागी हुंदा ३२ घर जलेर नष्ट भएका छन्। तेह्रथुमवाट भिजन संसार समाचारदाताले दिएको जानकारी अनुसार आगलागीमा परेर ५० भन्दा बढी परिवार विस्थापित बनेका छन्।

शुक्रबार विहान हटिया चलिरहेकै अवस्थामा अचानक स्थानिय अग्नी सेढाईको घरवाट सल्किएको आगो नियन्त्रणका लागि समयमा पानी तथा दमकलको व्यवस्था गरिन नसक्दा त्यसप्रकारको गंभीर तथा ठूलो क्षति संक्रान्ति बजारले व्यहोर्नु परेको स्थानियको भनाई रहेको छ।

फिदिम नगरपालिकाको दमकल दिउंसो २ बजे मात्र घटना भएको स्थानमा पुग्न सफल भएको र सुरक्षाकर्मी तथा स्थानियबासिन्दाको अथक प्रयासवाट झण्डै चार घण्टापछि मात्र आगो नियन्त्रणमा ल्याउन सकेको थियो।

tehrathum-sankranti-bazar-2प्रकाशन मिति–२०७३ साल पुष १ गते शुक्रबार ।