purbi-nepal

काठमाडौ। पूर्वी नेपालको नौ जिल्ला आज विहीवार बन्द भएको छ। झापा, मोरङ्ग र सुनसरीलाई टुक्राएर अर्को प्रदेशमा राख्न नहुने माग सहित संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्द आव्हानका कारण बन्द भएको हो।

जसको कारण पूर्वीनेपालका नौ जिल्ला ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ्ग र सुनसरी प्रभावित बनेका छन्। यी जिल्लाहरुमा विहानैदेखि लामो तथा छोटो दूरीका यातायात चलेका छैनन्। बजार पसल, कलकारखाना तथा शैक्षिक संस्था समेत बन्द रहेका छन्।

सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटिएको विरोधमा नौ जिल्ला बन्द गरिएको संघीय लिम्बुवान पार्टी नेपालले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर ३० गते विहीवार ।