Kamal Thapa.1काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित बनेका छन्। 

एकता महाधिवेशनअन्तर्गत आज सोमवार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८ सय ४ मत प्राप्त गरेका छन्।

थापाका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले केवल २ सय ५१ मत मात्र प्राप्त गरेका छन्। पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १ सय ३६ मत सदर तथा ८१ मत बदर भएको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने जिकिर गरे।

कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।