Lalitpur Jilla Adalat

काठमाडौ। ललितपुर जिल्ला अदालतले कम परिमाणको पेट्रोलियम पद्धार्थको विक्री–वितरणमा संलग्न नेपाल सरकारका एक सहसचिव सहित नौजनालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको छ। अदालतको आदेशको लगतै नापतौल विभागका पूर्वमहानिर्देशक तथा सहसचिव रामआधार साह सहित नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्मा लगायतलाई कारागार चलान गरिएको छ।

RAMADHAR Shah

ललितपुर जिल्ला न्यायाधिस गायत्री प्रसाद रेग्मीको इजलासवाट पेट्रोलियम पद्धार्थको विक्री वितरणमा गरिएको ठगीको घटनालाई गंभीरतापूर्वक लिदै पूर्पक्षका लागि कारागार चलान गरेको ललितपुर जिल्ला अदालतले जनाएको छ। अदालतले पेट्रोलम पम्पको मिटर बिगारेर उपभोक्तालाई कम परिमाणको पेट्रोलिय विक्री तथा कालोबजारीमा संलग्न पेट्रोल पम्प सञ्चालकहरु हेमविक्रम राणा, गोपाल महर्जन, शैलेन्द्र बादे, शुभप्रसाद तिमल्सिना र युनुश प्रधानसहितलाई थुनामा पठाएको हो।

Rabin Sharma Nepal Oil

भारतबाट पेट्रोल पम्पमा रिमोट प्रविधि भित्र्याउने कार्यमा मुख्य संलग्नता नापतौल विभागका पूर्वमहानिर्देशक साहको रहेको महानगरीय प्रहरी अपराध महाशाखाको दाबी छ। पेट्रोलियम पदार्थ ठगीको आरोपमा पक्राउ परेका पम्पका सञ्चालक र पम्पमा रिमोर्ट जडान गर्ने प्राविधिकको बयानबाट शर्मा र साहको संलग्नता खुलेको थियो।

त्यसैगरी आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्माले संकटको बाहनामा इन्धन वितरणमा अनियमिता गरेको आरोपमा महानगरी प्रहरी अपराध महाशाखाले मंसिर २७ मा पक्राउ गरेको थियो। पेट्रोल पम्पका सञ्चालकहरु भने प्रहरी तथा सरकारी प्रतिनिधि र राष्ट्रिय उपभोक्ता मञ्चले गरेको अनुगमनका क्रममा दोहोरो मिटर प्रणाली राखी ठगी गरेको पाइएपछि पक्राउ गरेका थिए।

प्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।