Petrol Police Pump 1काठमाडौ। भारतले नाकावन्दी गरेको समयमा नेपाल सरकारले ३६ भन्दा बढी नीजि कंपनीहरुलाई नेपालमा पेट्रोलियम पद्धार्थ आयात गर्न अनुमति दिएकोमा ती सवै कंपनीहरुको अनुमति रद्द गरिएको छ। सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री शेरधन राईका अनुसार ती सवै कंपनीका अनुमति पत्र विहीवार सांझ बसेको मन्त्री परिषदको बैठकले रदद् गरिएको हो।

Nepal Oil Corporation

पेट्रोलियम पद्धार्थको आयात गर्ने एकाधिकार नेपाल आयाल निगमलाई मात्र दिइएको जानकारी पनि मन्त्री राईले दिएका छन्। अनुमति पाएको विराट पेट्रो कंपनीले बजार मूल्य भन्दा ३० रुपैया महंगोमा बजारमा पेट्रोल वितरण गर्ने कोशिश गरेपछि त्यसको तिव्र आलोचना भएको थियो।

साथमा नीजि कंपनीले पेट्रोलियम पद्धार्थ आयात गर्दा विभिन्न अनिमियतता हुने आशंका हुने विभिन्न संभावनालाई नजरअन्दाज गरेर हाललाई नेपाल आयाल निगमलाई मात्र एकाधिकार दिएको समाचार स्रोतको दावी रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।