Fewa-Boat-Accidents2काठमाडौ। पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडौं, चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलन केसी रहेका छन्।

सोमबार साँझ अबेरसम्म खोजी गर्दा पनि उनीहरुकोबारेमा केही थाहा नलागेको प्रहरीले बताएको छ। ८ जना सवार डुंगा अनियन्त्रित भइ तालको बीचभागमा डुबेको थियो । डुंगामा सवार अरु ६ जनालाई भने सकुशल उद्धार गरिएको छ। क्षमताभन्दा बढी भार बोकेका कारण डुंगा पल्टिएको बताइएको छ ।

Fewa-Boat-Accidents1प्रकाशन मिति–२०७३ साल साउन २४ गते सोमवार ।