atm-chor

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई शनिवार पक्राउ गरेको छ।

पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताएका छन् ।

उनीहरुबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले भनेको छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ५ गते शनिवार ।