Namaskar This is Jayan Subba Manandhar. Vetran Coreographer of Nepal
Namaskar This is Jayan Subba Manandhar. Vetran Coreographer of Nepal

काठमाडौ। मोडलहरुकी गुरुआमा नेपालकी प्रसिद्ध कोरियोग्राफर जयन सुव्वा मानन्धरको कोरियोग्राफीले यो हप्ता पोखरामा फेसनको हंगामा नै भएको छ। काठमाडौको अनामनगरस्थित दि रैम्प मोडलिङ्ग एजेन्सीका आठ जना मोडलहरु सहित पोखरा पुगेकी कोरियोग्राफर मानन्धरको कोरियोग्राफीमा ती मोडलहरुले सारी, लेहेगा तथा कुर्थाको फेसनमा हट क्याटवाक गरेर चिसो पोखरालाई तताएका थिए।

jayan-subba-in-pokhara-1त्यसरी तताउने मोडलहरुमा हरिशा बाँनिया, प्रियंका मानन्धर, दिव्या महर्जन, कृपा भुजेल, रोमी खड्गी, प्रगति श्रेष्ठ, रोलिन थापा मल्ल, आशा आचार्य लगायत रहेका छन्। पोखरा उद्योग बाणिज्य संघले पोखराको नयाँबजारमा आयोजित व्यापार मेलामा चेरिस्मा फेसन–शोमा काठमाडौवाट गएका ती मोडलहरुले पोखरा तताएका हुन्। उनीहरुलाई पोखराका चर्चित मोडल विशाल गुरुङ्ग र मिस पोखरा सदिक्षा पाण्डेको साथ र सहयोग पनि रहेको थियो।

jayan-subba-in-pokhara-3 नेल्सन इभेन्ट म्यानेजमेन्टका अनिषा श्रेष्ठको व्यवस्थापनमा भएको उक्त फेसन–शोमा अभिनेत्री करिश्मा मानन्धरले शो स्टपर गरेकी थिइन्। शो स्टपर गर्ने क्रममा अभिनेत्री मानन्धर आफैले अभिनित चलचित्र साथीवाट मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन बोलको गीत गाएकी थिइन्।

jayan-subba-in-pokhara-4 सारीको सिक्वेन्स स्टाटर मोडल हरिशा बाँनियाले शकिराको हट डान्स गरेर फेसन–शोको माहोललाई थप तताउने कार्य गरेकी थिइन्। पोखराकी तेन्जु योन्जनले फिल्मी रिमिक्स डान्स गरेका थिए।

jayan-subba-in-pokhara-5प्रकाशन मिति–२०७३ साल पुष ५ गते मंगलवार ।