Birendra Shah 1काठमाडौ। नेपालको इतिहासमा राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठ अत्यन्त लोकप्रिय व्यक्तित्वको रुपमा लिइने गरेको छ। यी दुई व्यक्तित्व एकैदिन अर्थात पौष १४ गते नै पर्ने गर्छन्। दुवै व्यक्तित्व आफ्नो क्षेत्रका खदिला तथा अत्यन्त प्रिय व्यक्तित्वका रुपमा लिइने गरेको छ।

राजा बीरेन्द्रको वि.सं.२०५८ साल जेष्ठ १९ गते भएको राजदरवार हत्याकाण्डमा स्वर्गारोहण भएको थियो भने, अभिनेता श्रीकृष्ण श्रेष्ठको वि.सं.२०७१ साल साउन २४ गते डीपनिमोनियाको उपचारको क्रममा भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा भएको थियो। राजा बीरेन्द्र बाँचिरहेको भए, यो बर्ष ७३ बर्ष पुग्नेथिए र श्रीकृष्ण श्रेष्ठ ४८ बर्ष। सवैका प्रिय बनेका यी दुई व्यक्तित्वको पौष १४ गते जन्म दिन परेतापनि आधिकारिक रुपमा कसैले जन्मदिन मनाउने गरेको पाइएन।

Birendra Shah 2

नेपालको इतिहासमा नेपाली जनतालाई अत्यन्त प्यार दिएर नेपालको सर्वाङ्गीन विकासमा योगदान दिने राजा बीरेन्द्रको जन्मदिनलाई तत्कालिन राजपरिवारले खासै संझेको नपाएपनि नेपाली जनताले भनेर संझेर उनको जन्मदिनमा बत्ती बालेका छन्। नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनलाई विशेषत उनको पत्नी नायिका स्वेता खड्काले काठमाडौको चण्डोल स्थित घरआँगन नामक संस्थामा आवद्ध बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोमा न्याना कपडा वितरण गरेर मनाएकी छन्।

Sweta With Sri Krishna photo

पतिवियोगको गंभीर पीडाबाट केही महिनावाट मात्र उत्रिएकी स्वेताले पौष १४ गते श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा आँसुको भेल बगाएर जन्मदिन मनाएकी छन्। आफूलाई एक्ली बनाएर श्रीलाई लाने भगवानलाई समेत उनले गुनासो गरेकी छन्।

Shweta Khadka in Sri Krishna Birthday 1

स्वेताले फेसबुक स्टाट्समा यसरी लेखिएकी छन्–“जीवनले मलाई कुन मोडमा ल्याएर छोडिदियो । सँधै प्रश्न गर्न चाहन्छु, भगवानसँग। के गल्ती थियो र मेरो ? जीउँदै मरेर बाँच्नु पर्ने। कहिले काँही सँधै ठिक भए जस्तो लाग्छ, फेरि घाऊ जस्ताको त्यस्तै अनेक कोशिस गर्छु विगतलाई भुल्न तर सँधै ताजा हुन्छ झनझन हरेक महत्वपूर्ण क्षणले यादहरुलाई ताजा गराउँछ। विर्सन त कहाँ सक्छु र ? जुन दिन मलाई मेरै छायाँले छोड्छ, त्यो दिन पनि विर्सन सक्दिनँ । हजुरलाई सँधै खुसी भएको हेर्न चाहन्छु तर महशुस मात्र गर्न सक्छु। केहिल्यै देख्न सक्दिनँ। मैले मेरो जीन्दगीमा सबैभन्दा नजिकको साथी सम्झेर हजुरको हरेक जन्मदिनमा पहिलोपटक शुभकामना दिन आतुर हुन्थेँ । आज पनि हजुरको जन्मदिनमा हजुरलाई शुभकामना दिन मन छ , तर हजुरलाई भौतिक रुपमा पाउनै सक्दिनँ।”

Sri Krishna Shrestha with Sweta 1

प्रकाशन मिति–२०७२ साल पौष १४ गते मंगलबार ।