Gajendra Budhathoki 1

काठमाडौ। नेपालका आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले लेखेको पुस्तक ‘समकालीन नेपाली अर्थतन्त्र’को काठमाडौमा आयोजित एक समारोहका वीच सार्वजनिक भएको छ।

आइतवार आयोजित कार्यक्रममा पुस्तकको पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महत र अर्थविद् प्रा डा.विश्वम्भर प्याकुरेल लगायतले संयुक्तरुपमा सार्वजनिक गरेका छन्।

समकालिन नेपाली अर्थतन्त्रको बारेमा गहन विश्लेषण गरेर तयार पारिएको पत्रकार बुढाथोकीको यो दोश्रो पुस्तक भएको पनि कार्यक्रममा जानकारी दिएको छ। कार्यक्रममा अधिकाँश वक्ताहरुले पत्रकार बुढाथोकी सडक दूर्घटनाको कारण अपाङ्ग हुन पुगेतापनि लेखकीय तथा तर्कक्षमतामा अत्यन्त सवल रहेको र पुस्तक अत्यन्त उपयोगी भएको भनेका छन्।

सांग्रिला बुक्सव्दारा प्रकाशित सो पुस्तकको मूल्य नेरु. ३ सय ५० तोकिएको छ। नेपाल समाचारपत्र दैनिकका कुनैबेला प्रखर आर्थिक पत्रकारका रुपमा चिनिएका बुढाथोकी पछि राजधानी दैनिकसँग आवद्ध बने र दूर्घटनापछि हाल कारोबार दैनिकमा समाचार सम्पादकका रुपमा कार्यरत रहेका छन्

Gajendra Budhathoki 2

प्रकाशन मिति–२०७३ साल फागुन ८ गते आइतवार ।