Baikuntha Manandharकाठमाडौ। नेपालका प्रख्यात म्याराथन धावक बैकुण्ठ मानन्धरलाई पृथ्वी अवार्ड २०७२ प्रदान गरिएको छ। २ सय ९४ औं पृथ्वी जयन्तीको अवसरमा आइतवार आयोजित समारोहमा नगद २ लाख सहितको उक्त अवार्ड मानन्धरलाई प्रदान गरिएको हो।

राप्रपा नेपालको खेलकुद, युवा तथा विद्यार्थी विभागको आयोजनामा भएको कार्यक्रममा मानन्धरलाई राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले उक्त अवार्ड प्रदान गरेका हुन्।

नगद २ लाख सहितको पृथ्वी अवार्ड प्राप्त गरेपछि मानन्धरले यस अवार्डले आफूलाई निक्कै खुशी बनाएको र युवाहरुको यसप्रकारको प्रयास निक्कै नै सह्रानिय रहेको बताए।

प्रकाशन मिति–२०७२ साल पुष २६ गते आइतवार ।