काठमाडौ। नेपालका अत्यन्त चर्चित तथा ख्यातिप्राप्त नेता पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको दुःखद निधन भएको छ।

प्रकाशको आज आइतवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। शनिवार राति प्रचण्ड निवास लाजिम्पाटमा हर्ट एटेक्ट भएपछि रातारात नर्भिक अस्पताल पुरयाइएको प्रकाशको बेहोशी अवस्थामा नै निधन भएको बताइएकौ छ।

Late Prakash Dahal-Son of Mr. Pusha Kamal Dahal Prachanda

आसन्न निर्वाचनको प्रचण्ड माहोलमा नेता प्रचण्डलाई पुत्र शोक पर्दा उनी अत्यन्त मर्माहत बनेका छन्। प्रचण्ड परिवार लगायत प्रचण्ड तथा प्रचण्ड पुत्र प्रकाशका शुभचिन्तक तथा नातागोता र पार्टीका कार्यकर्ताहरुको नर्भिक अस्पतालमा भीड लागेको छ।

चुनावी प्रचारको क्रममा झापाको विर्तामोडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड छोराको असामयिक निधनको खवर पाएको लगतै शोक विव्हल बनेर हेलिकप्टरवाट काठमाडौ पुगेका छन्।

जनयुद्धको बेला जनयुद्ध समेत रहेका प्रचण्ड पुत्र प्रकाशले प्रचण्डको सचिवालयको कार्यभार सम्हाल्दैआएका थिए। प्रकाशका दुई श्रीमती र दुई छोराछोरी छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर ३ गते आइतवार ।