Prachanda with KP Sharma Oliकाठमाडौ। सात बर्ष अगाडि प्रधानमन्त्री बनेका एमाओवादीका अध्यक्ष प्रचण्डलाई फेरि प्रधानमन्त्री बन्ने रहर जांगेको छ। नेपालको प्रधानमन्त्रीवाट राजिनामा दिएको सात बर्ष पुगेकै दिन पारेर प्रचण्डले बुधवार विज्ञप्ति जारी गरेर बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगको सात महिना लामो संगत टुटेको संकेत दिएका छन्।

विज्ञप्ति मार्फत प्रचण्डले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ। उसले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ। प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने र यसका लागि सबै दललाई सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको हल्लासँगै प्रचण्डले विज्ञप्ति नै निकालेर अब ओलीलाई साथ दिन नसक्ने जनाउँ दिएका हुन् ।

Prachanda-Bigyapatiप्रकाशन मिति–२०७३ साल बैशाख २३ गते विहीवार ।