Bidhya Bhandari with Sushila Karkiकाठमाडौ। महाअभियोगमा परेकी नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतकै आदेशवाट जिम्मेवारी पाएकी छन्।

आइतवार पूनः जिम्मेवारी सम्हालेकी कार्कीले कानून दिवसको निम्ता बोकेर नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतवार साँझ राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गरेकी छन्। बैशाख २६ गते कानून दिवस परेको छ।

भेटमा निमन्त्रणबाहेक महाअभियोग प्रकरणका विषयमा समेत छलफल भएको बताइएको छ । कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिने विषयमा सत्तारुढ पक्षबीच छलफल भइरहेको छ । राष्ट्रपति भण्डारीले त्यस विषयमा समेत चासो राखेको बताइएको छ।

यसैबीच राष्ट्रपति भण्डारीसँग आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेकी छन् ।
प्रकाशन मिति–२०७४ साल बैशाख २५ गते सोमवार ।