Teen Dalकाठमाडौ। नेपालका तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैदिनमा गर्न सहमत भएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बोलाएको प्रमुख तीन दलको बैठकमा निर्वाचन एकै दिनमा गर्न सहमति भएको हो।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी मंसिर १५ गते भित्र दुबै तहको निर्वाचन गर्न सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको पुष्टि गरे।

उपनेता नेम्वाङले भने, ‘यो सहमति कार्यान्वयन आउँदा माघ ७ गते भित्र संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु हो।’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तीन दल प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै दिन गर्ने सहमतिमा पुगेको जानकारी दिँदै भने, ‘मंसिर तेस्रो साता भित्र यी दुबै तहको चुनाव एकै दिन हुनेछ।’
प्रकाशन मिति–२०७४ साल साउन ३२ गते बुधवार ।