manisha Koiralaकाठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुम्वईमा बलिउडका कलाकारहरुसंग भेटघाट गराएर बलिउड घुमाएकी बलिउडकी नेपाली नायिका मनिषा कोइराला गायिक बन्ने पक्का भएको छ।

बलिउडका डिस्को डान्सर संगीतकार मानिएका ख्यातिप्राप्त संगीतकार बप्पी लहरीको संगीतमा नायिका कोइरालाले गीत रेकर्ड समेत गरिसकेकी छन्। मुम्वईका फुर्सदिला दिनहरुलाई उपयोग गर्ने हिसावले मात्र गीत गाएर रेकर्ड गराएको नायिका कोइरालाले भनेकी छन्।

नेपाली चलचित्र फेरि भेटौलामा नायिका भएको लगतै बलिउडमा लागेकी कोइरालाले त्यहाँ दुई दशक धुम मच्चाएपछि नेपाल फर्केर पछिल्लो पल्ट अभिनय गरेको नेपाली चलचित्र धर्मा हो। फेरि भेटौला जतिको चलचित्र धर्माले कोइरालाको खासै उचाई भने राखेन।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।